सामुदायिक विद्यालयमा शुल्क उठाउन बन्द
तनहुँ, वैशाख १० गते । तनहुँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनै पनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनुपरेको छैन । शुक्लागण्डकी नगरपालिका ३ कवासेस्थित शहिद कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीले शुल्क तिर्न नपरेको हो ।
निःशुल्क शिक्षा भनिए पनि अभिभावक सहयोग शुल्क, फारम शुल्कलगायतका विभिन्न बहानामा विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शुल्क उठाउने कार्य हुँदै आए पनि यस विद्यालयले कुनै पनि शुल्क लिएको छैन ।
विद्यालयहरूले चलाखीपूर्ण तरिकाले शुल्क नभनेर चन्दा तथा सहयोग भनेर रकम उठाइरहेका छन् । निजी स्राेतका शिक्षकका लागि तलब खुवाउन, अङ्ग्रेजी माध्यमबाट पठनपाठन भन्दै विद्यालयहरूले शुल्क उठाउँदै आएको अवस्थामा यस विद्यालयले भने कुनै शुल्क उठाएको छैन ।
विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट अन्यत्रबाट व्यवस्थापन गर्ने तर विद्यार्थीबाट शैक्षिक शुल्क नलिएको प्रधानाध्यापक राजन खनालले जानकारी दिनुभयो । अभिभावकको चाहना अनुसार अङ्ग्रेजी माध्यमबाट अध्यापन हुँदै आएको यस विद्यालयले केही सङ्ख्यामा दरबन्दीका शिक्षक व्यवस्था गरेसँगै निजी स्रोतका शिक्षक हटाएर अभिभावकले तिर्दै आएको मासिक शुल्क नलिएको हो ।
वद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले सरकारको नीति अनुसार विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्ने विद्यालय सम्भवतः आफ्नोे मात्र रहेको दाबी गर्नुभयो । भण्डारीले दरवन्दीका शिक्षकले अपुग भए स्वयंसेवक शिक्षकको व्यवस्थापन गरेर भए पनि शुल्क नलिएको बताउनुभयो । कक्षा नर्सरीदेखि माध्यमिक तहसम्म कुनै पनि शीर्षकमा रकम नलिइने उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने बजेट विद्यालय मातहतमा रहेका सटर भाडा, महायज्ञमार्फत सङ्कलन गरिएको रकमको ब्याज र स्थानीय सरकारबाट व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । संविधानमा माध्यमिक तहसम्म सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा भनेकाले कार्यान्वयनमा ल्याइएको भण्डारी बताउनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सामुदायिक विद्यालयमा शुल्क उठाउन बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्