आगलागीले गहुँबालीमा ठुलो क्षति
धनगढी, वैशाख ९ गते । कैलालीको विभिन्न ठाउँमा शनिबार आगलागी हुँदा ठुलो मात्रामा गहुँबालीमा क्षति पुगेको छ । जोशीपुर वडा ६ पकरियामा भएको आगलागीबाट १५ परिवारको सात विघाभन्दा बढी जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको छ ।
गहुँबालीमा आगलागी हुँदा ६ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख वरिष्ठ नायव निरीक्षक गणेश थापाका अनुसार दिउँसो १२ ः ४५ बजे लागेको आगो नियन्त्रण गर्न घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरिपालिका तीनवटा दमकल, प्रहरी तथा स्थानीय परिचालन गरेर गहुँबालीमा थप क्षति हुनबाट जोगाइएको छ ।
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले प्रहरीले बताएभन्दा बढी क्षति भएको हुनसक्ने बताउनुभयो । क्षतिको लगत आएपछि धेरै कुरा थाहा हुने उहाँको भनाइ छ ।
पकरियामा ६० विघा गहुँको नल र सात विघाभन्दा बढी खेतमा लगाइएको गहुँमा क्षति पुगेको इलाका प्रहरी कार्यालयको भनाइ छ । यस्तै, बर्दगोरिया गाउँपालिका ६ विपना गदसिलाले फोहोर जलाउन खोज्दा तीन परिवारको गहुँबालीमा क्षति पुगेको छ ।
त्यसैगरी गौरीगंगा नगरपालिकाको वडानम्बर ५ को एउटा कच्ची घरमा आगलागी हुँदा ६० हजार बराबर रुपियाँको क्षति भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागीले गहुँबालीमा ठुलो क्षति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्