मुलुकमा उत्पन्न निराशालाई तोड्न नयाँ समीकरण बनाइयो : एमाले
काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उहाँले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै त्यसलाई तोड्नको लागि एमाले अगाडि बढेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एक प्रकारले विगतको गठबन्धन सरकारका कारणले गर्दा तीन वटा चुनौतीहरुबाट हामी गुज्रिरहेका थियौं । एउटा राजनीतिक अस्थिरता, सामाजिक अराजकताको चुनौती थियो । अर्को सामाजिक मूल्यहरुको विघटन र तेस्रो मुलुकमा चरम आर्थिक संकटको अवस्था थियो । जसका कारण नेपाली समाजमा चरम निराशा उत्पन्न भइरहेको, युवाहरु पलायन भईरहेको थियो । यो अवस्थालाई अन्त्य गर्नका लागिनेकपाएमाले विरुद्धको जुन घेराबन्दी थियो त्यसलाई तोडेर अघि बढेको हो ।’
मुलुकलाई सकारात्मक दिशाबाट अगाडि बढाउनेकुराको निष्कर्ष राष्ट्रिय महाधिवेशनप्रतिनिधि परिषद्को बैठकबाट निकाल्ने उहाँले जानकारी दिनुभयो । वैशाख ८ र ९ गते आयोजित नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा हुन
गइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नयाँ समीकरण बनाइयो : एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्