तोलामा सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं, वैशाख ३ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला सात सय रुपियाँले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपियाँ निर्धारण भएको छ ।
शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सय रुपियाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।
यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपियाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपियाँ निर्धारण भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तोलामा सात सयले बढ्यो सुनको मूल्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्