धादिङको खाल्टेमा ट्रक दुर्घटना, एक जनाको मृत्यु
धादिङ, वैशाख २ गते । धादिङको खाल्टेमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् ।
नीलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो । दुर्घटनामा केही मानवीय क्षति भएको बताइएपनि के कति क्षति भएको खुलेको छैन ।
दुर्घटनाको खबर पाए लगतै प्रहरी र एम्बुलेन्स घटनास्थलतर्फ जाँदै छ । स्थानीयले घाइतेहरूको उद्धार गरिरहेको सोही स्थानमा रहनुभएका नेपाल रेडक्रस सोसाइटीका मन्त्री नेमबादुर श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक जनाको मृत्यु, #धादिङको खाल्टेमा ट्रक दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्