एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, २ वैशाख । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने छ ।
बैठकमा १५ वैशाखमा हुने उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आगामी वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने तय छ ।
विभिन्न जिल्लाबाट आएका २ हजार १५३ जना प्रतिनिधि सहभागी हुने बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमालेले जनाएको छ ।
यस्तै बैठकले समग्र कामको समीक्षा गरी आवश्यक निर्देशन समेत दिनेछ । वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसर पारेर एमालेले विशेष कार्यक्रम समेत आयोजना गर्दैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले सचिवालय बैठक बस्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्