इमरजेन्सी बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण
सुलीकोट, चैत २८ गते । गोरखाको भीमसेन थापा गाउँपालिका – ५ बगुवामा इमरजेन्सी बिरामीको तत्काल उद्धार गर्न हेलिप्याड निर्माण सम्पन्न भएको छ । भीमसेन थापा गाउँपालिकाभित्र रहेका इमरजेन्सी बिरामीलाई तत्कालै उपचार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको हो ।
हेलिप्याड निर्माणका लागि गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाली सेनाको जनशक्ति प्रयोग गरी हेलिप्याड निर्माण गरिएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । गाउँपालिकाको बगुवा स्वास्थ्य चौकी नजिक निर्माण भएको हेलिप्याड विपद् व्यावस्थापन गर्न सहज हुने उद्देश्यले निर्माण गरिएको हो ।
विपद्जन्य घटनाबाट घाइते तथा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी हुन नसकेका महिलालाई तत्काल जिल्ला बाहिर तथा काडमाडौं लैजानुपर्ने भएमा हेलिकप्टरमा सहज हुने भएकाले हेलिप्याड निर्माणमा सहकार्य गरेको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताउनु भयो ।
उहाँका अनुसार नेपाली सेना र नागरिकको सम्बन्धमा थप मजबुत बनाउन प्रत्योक पालिकाहरुसँग सहकार्य गर्न नेपाली सेना तत्पार रहेको उहाँको भनाइ छ । मङ्गलबार हेलिप्याड एक कार्यक्रमका बिच नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरालाई हेलिप्याड हस्तान्त्रण गर्नुभयो । त्यस हेलिप्याड रात्रिकालीन समयमा पनि उडान गर्न मिल्ने बनाइएको नेपाली सेनाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #इमरजेन्सी बिरामीको उद्धार गर्न हेलिप्याड निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्