Techie IT
बिहीबार, कात्तिक २७,२०८३

बालेनको कविता- अरुलाई के भनम, म आफैं खराब छु !


काठमाडौं, २८ चैत । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेख्नुभएको छ ।

उहाँले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ ।

उहाँले लेख्नुभएको छ-

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु !!


क्याटेगोरी : समाचार
ट्याग : #बालेनको कविता- अरुलाई के भनम, #म आफैं खराब छु !


तपाईको कमेन्ट लेख्नुहोस्