लाइन्स क्लव अफ काठमाडौं तारकेश्वर दियालो स्टारलाई चार्टर हस्तान्तरण
तारश्वर काठमाडौं । केही महिनाअघि स्थापना गरिएको लायन्स क्लब अफ काठमाडौं दियालो स्टारलाई विधिवतरुपमा चार्टर हस्तान्तरण गरिएको छ । सोमबार दियालो फुडल्याण्ड शेषमतीमा आयोजित कार्यक्रमकाबीच चार्टर हस्तान्तरण गरिएको हो ।
डिस्ट्रिक्ट गभर्नर लाइन चन्द्र कुमार के.सीले लायन्स क्लब अफ काठमाडौं दियालो स्टारका प्रेसीडेण्ट लायन्स सरोज मर्हजनलाई चार्टर हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा लायन्स बिष्णुकार्कीले स्वागत मन्तब्य राख्नुभएको थियो भने डिस्ट्रिक्ट गभर्नर लाइन चन्द्र कुमार के.सीले ब्यानरान हस्ताक्षर गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
राष्ट्रिय लोक गायक जिवन परियारले बेजोड साङ्गीतिक प्रस्तुती मार्फत कार्यक्रममलाई उल्लासमय बनाउनुभएको थियो भने बिभिन्न ओरेन्टेशन एवं प्रमाणपत्र बितरण गरिएको थियो ।
लाइन्स क्लव अफ काठमाडौं देउराली दियालोका प्रेसीडेण्ट बिष्णु प्रसाद भुषालको सभापतित्वमा संचालित सो कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी महेश पाडे , सेकेण्ड भि.पी पार्बती पाण्डे , जोन चेयर पर्सन पोम राज भण्डारी सी आई एफ एरीया लिडर राजन लम्साल , जीएसस्टी कोअडीनेटर जर्नाद्धन फुँयाल र प्रमुख अतिथिका रुपमा माननीय अमन मास्केको उपस्थीती रहेको थियो ।
सोही अवसरमा प्रदेश सांसद आमन मास्केले सामाजिक सेवाको क्षेत्रमा लायन्सले अनुकरणीय काम गर्दै आएको लायन्सले नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाका लागि लायन्स क्लबको उत्कृष्ठ भुमीका रहनुपर्ने बताउनुभएको छ ।
लायन्स क्लबले यसअघि विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको थियो । चार्टर हस्तान्तरणपछि विधिवतरुपमा स्थापना भएको क्लबले सामाजिक गतिविधिलाई निरन्तरता दिने अध्यक्ष सरोज मर्हजनले बताएका छन् ।




क्याटेगोरी : समाचार
ट्याग : #लाइन्स क्लव अफ काठमाडौं तारकेश्वर दियालो स्टारलाई चार्टर हस्तान्तरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्