विदेश जाने विद्यार्थी रोकेको दाबी
ललितपुर, चैत २६ गते । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाले बर्सेनि हजारौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जानबाट रोकेको दाबी गरेका छन् । नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सात हजार पाँच सय जनाले पूर्ण वा आंशिक छात्रवृत्ति पाएका छन् ।
इन्टरनेसनल एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले आइतबार आयोजना गरेको अन्तर्क्रियामा सो संस्थाका अध्यक्ष लक्ष्मण केसीले आफूहरूले बर्सेनि ६० अर्ब रुपियाँ बिदेसिनबाट जोगाएको दाबी गर्नुभयो । “उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई स्वदेशमै बसेर विदेशी विश्वविद्यालयको शिक्षा आर्जनको सुविधा भएको छ,” उहाँले भन्नुभयो, “विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको सुविधा नेपालमा नभएको भए अधिकांश विद्यार्थी आज स्वदेशमा हुँदैन थिए । त्यसैले हजारौँ विद्यार्थीलाई पलायन हुनबाट रोक्न हामी सफल भएका छौँ ।”
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष एक लाख १० हजार २१७ जनाले नोअब्जेक्सन लेटर लिएका थिए । अध्यागमन विभागका अनुसार गत वर्ष एक लाख आठ हजार ५४२ युवा अध्ययनका लागि बिदेसिएका थिए । गत वर्ष एक खर्ब ४२ करोड रुपियाँ उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत बाहिरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #विदेश जाने विद्यार्थी रोकेको दाबी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्