आज घोडेजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
काठमाडौं, २६ चैत । काठमाडौं उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालिन समयमा शहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर, उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्नसक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी शहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने/बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ ।
विशेषगरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रुपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ ।
आजको दिन काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।
घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दैछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रिगणलगायतले सेनाको अश्वकला अवलोकन गर्ने चलन पनि छ ।
सरकारले घोडेजात्राको अवसरमा सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज घोडेजात्रा मनाइँदै, #काठमाडौं उपत्यकामा सार्वजनिक विदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्