कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)
म्याग्दी (दरबाङ), चैत २६ गते । हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते दसैँ अघिको सोमबार औँसी तिथि पारेर दिवङ्गत पितृ र आफन्तहरूको नाममा पिण्ड दान गर्ने नेपाल र भारतका विभिन्न ठाउँबाट आएका हिन्दुधर्मावलम्बीको भीड लागेको हो । वर्षको अन्तिम महिना चैते दसै र दसैको अगावै औँसीको दिनमा हुने सोह्र श्राद्ध विशेष गरी हिन्दु धर्मावलम्बीहरूको विशेष दिन हो ।
‘‘सोमबार कागबेनीमा बिहानैदेखि दिवङ्गत आफन्त र पितृहरूको नाममा पिण्ड दान गर्ने हजारौँ भक्तजनहरूको घुइँचो लागेको छ,’’कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी गुरुङले भन्नुभयो ,‘‘यहाँ पिण्ड तर्पण गरेपछि दिवङ्गत पितृहरूले मोक्ष पाउने जनविश्वास छ ।’’ कागबेनीमा पिण्ड दान र तर्पण गरेपछि श्रद्धालु भक्तजन मुक्तिनाथको दर्शन गर्न जाने गर्दछन् । दामोदर कुण्ड र मुक्तिनाथबाट बगेर आएको पवित्र २ नदीको सङ्गममा रहेको कागबेनी धाममा पिण्ड तर्पण गरेर मुक्तिनाथ दर्शन गरेमा मुक्ति पाउने जनविश्वास पनि रहेको छ ।
पिण्ड दान गरेर मुक्तिनाथ दर्शन गर्ने म्याग्दीको रघु गङ्गा गाउँपालिका–४,स्थित दर्मिजाबाट आउनुभएका सबहादुर पुनले बताउनुभयो । गत साल कागबेनी धाममा सोह्र श्राद्धको दिन यति धेरै भिडभाड थिएन । यस पटक भने हजारौँको सङ्ख्यामा धर्मावलम्बीले पूजाआजाका साथै पिण्ड दिएको कागबेनी मन्दिर तथा श्राद्ध स्थल व्यवस्थापन समितिले बताएको छ ।
गत २८ साउनमा कागबेनीमा गएको भीषण बाढीले क्षति पुर्याएको कारण समस्या भए पनि व्यवस्थापन समितिले डोजरको प्रयोग गरेर श्रद्धालु भक्तजनलाई सहज बनाएको व्यवस्थापन समिति अध्यक्ष गुरुङको भनाइ छ । कागबेनी धामको पुनर्निर्माणका लागि स्थानीय सरकार सँगै प्रदेश र सङ्घ सरकारले तत्काल ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।









क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्