प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक

काठमाडौँ, चैत २५ गते । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठक चैत २५ गते राजधानी काठमाडौँमा बस्दै छ । बैठक नेकपा माओवादी केन्द्रको केन्द्रीय मुख्यालय पेरिस डाँडामा सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बैठकमा पार्टी उपाध्यक्ष तथा प्रवक्ता एवम् प्रेस सेन्टर नेपालका इन्चार्ज अग्नि सापकोटा, सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकार, नीति परामर्श समिति सदस्यहरू सहभागी हुनेछन् ।
बैठकले बदलिएको राजनीतिक समीकरण, नेपाल पत्रकार महासङ्घको निर्वाचन, सामुदायिक रेडियो प्रसारक सङ्घलगायतका साझा मोर्चाहरूका विषयमा रणनीति तयार गर्नुका साथै सङ्गठनको विधान र आगामी रणनीति र योजनाका विषयमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेस सेन्टर नेपाल केन्द्रीय पदाधिकारी बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्