जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्रीले गरे विदाई
काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई विदाई गर्नुभएको छ ।
शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर विदाई गर्नुभयो ।
आजबाट १५ वैशाखसम्म नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले जुगल हिमाल आरोहण यात्रा तय गर्नेछन् ।
नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ । सोही अवसरमा ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ आयोजना गरिएको हो । जसमा सात कोरियाली सहित तीन नेपाली सहभागी छन् ।
एक्सपिडिसन कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र कोरियाको सम्बन्ध यसैपनि राम्रो छ । भोलिका दिनमा सम्बन्ध अझ बलियो र सुदृढ हुने मेरो विश्वास छ ।’
जुगल हिमाल आरोहण गर्ने दक्षिण कोरियाले गरेको पहलले जुगल हिमालको पर्यटन प्रर्बद्धनमा निकै ठूलो भूमिका खेल्ने विस्वास प्रधानमन्त्री दाहालले व्यक्त गर्नुभयो ।
‘जुगल हिमाल चढ्ने यो पहलले पर्यटन प्रबद्र्धनमा पनि निकै ठूलो भूमिक खेल्ने मेरो विश्वास छ ।’ दाहालले भन्नुभयो ।
नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङलगायतकालाई नेपालको शिक्षा क्षेत्रमा कोरियाले राम्रो योगदान गरेको भन्दै धन्यवाद दिनुभएका दाहालले नेपाल र कोरियाबीचमा विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको स्मरण गराउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा कोरियाको आर्थिक सहयोग रहने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त रुपमा आयोजनामा जुगल हिमाल आरोहण तय गरिएको हो ।
नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन् । टोली २५ गते तेम्बाथाङ पुग्नेछ । विश्वका १२ वटा पर्वत चढेर इतिहास रच्नुभएका कोरियन नागरिक ओम वोंगिलको नेतृत्वमा टोली जुगल हिमाल प्रस्थान गरेको छ ।
उहाँहरुलाई नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङ र कार्यालय टिमले हेलिकोप्टरबाट बेसक्याम्प सम्म पछ्याउँदै पुग्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्रीले गरे विदाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्