Techie IT
आईतबार, असार ८,२०८२

कस्तो रहन्छ आजको मौसम ?


काठमाडौं, २३ चैत । आज शुक्रबार देशभरको मौसम आंशिकदेखि साधारण बदली रही केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

आज राति देशभर आंशिक देखि साधारण बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै,उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कस्तो रहन्छ आजको मौसम ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Thunder
5:07 am7:03 pm +0545