Techie IT
बिहीबार, कात्तिक २७,२०८३

टोखा बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण एवं नापजाच कार्यदलको संयोजकमा रामभक्त घिमिरे


काठमाडौं । टोखा नगरपालिकाले बिष्णुमती खोला को वाहाव तथा करिडोर निर्माण गर्ने नापजाचको लागी कार्यदल गठन गरेको छ ।

नगरपालिकामा आज बसेको बैठकले सो कार्यदलको अध्यक्षमा रामभक्त घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको हो । कार्यदलको सदस्यहरुमा वडा अध्यक्ष घनश्याम खड्का ,शान्ता पौडेल
रमेश खत्रि ,रमेश डगोल ,धर्मेन्द्र श्रेष्ठ तथा अधिकार सम्पन्न वागमतीबाट २ जना ,उपत्यका बिकाश प्राधिकरणबाट २ जना , नापी कार्यलय २ जना प्रतिनिधि रहनेछन भने सदस्य सचिव  बिजेन्द्र श्रेष्ठ रहेका छन ।

आज बसेको बैठकमा नगर प्रमुख प्रकाश अधिकारी , उपप्रमुख मुरारी तामाङ्ग , प्रशासकिय प्रमुख शेर बहाद्र बी.सी वडा अध्यक्षहरु, उपत्यका बिकाश प्रधिकरण, अधिकार सम्पन्न वागमती र नापी कार्यलय र नगर प्राबिधिक सहितका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

कार्यदलले बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण गर्ने नापजाचको बृस्तृत अध्ययन गरि आबश्यक पक्रीया पुरा गरी काम अघाडी बढाउने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा बिष्णुमती खोलाको वाहाव तथा करिडोर निर्माण एवं नापजाच कार्यदलको संयोजकमा रामभक्त घिमिरे


तपाईको कमेन्ट लेख्नुहोस्