गण्डकी सरकारद्वारा प्रदेश विकास परिषद् गठन, बस्ताकोटी मनोनित ।
कास्की : गण्डकी प्रदेश सरकारको चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले गण्डकी प्रदेश विकास परिषद् गठन गरेको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग ( गठन तथा कार्य सञ्चालन ) आदेश २०७८ ( दोस्रो संशोधन ) परिच्छेद ३, दफा ९, उपदफा २, खण्ड (ठ) अनुसार राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा डाक्टर जगदीशचन्द्र पोखरेल, शिक्षा तथा विकासविद् युवराज बस्ताकोटीलाई सदस्य पदमा मनोनयन गरेको हो। यद्यपि सरकार चैत २१ गते आईपुग्दा राजिनामा दिनु परेको छ । प्रदेश प्रमुखको चैत २७ गते ३ वजेको सिमा भित्र वहुमत पुर्याउने दलका नेता वा सदस्यलाई आफ्नो दावि प्रस्तुत गर्न आव्हान गरिएको छ । सो अनुसार संघिय सरकार गठवन्धनले वहुमत पुर्याउने प्रयास गरिरहेको छ ,भने गण्डकी प्रदेशका काम चलाउ भएका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सम्भव भए वहुमत सहित दावि गर्ने, यदि कसैले वहुमत हस्ताक्षर वुझाउन नसकेमा सबैभन्दा ठुलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने प्रयास गरिरहेका बताएको छ। गण्डकी प्रदेशमा जम्मा ६० संसद सदस्य रहेका छन् । जसमध्ये नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा ( माओवादी केन्द्र ) को सभामुख समेत ८, राप्रपाको २, स्वतन्त्र सांसद १ रहेका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्