Techie IT
आईतबार, वैशाख २८,२०८२

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित


काठमाडौं, २० चैत । नेकपा (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

१०औं जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मतगणना अनुसार श्रेष्ठले ३६३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी निवर्तमान जिल्ला अध्यक्षसमेत रहनुभएका कमल नेपालले ३४९ मत पाउनुभयो ।

यस्तै, उपाध्यक्षमा अर्जुन भण्डारी विजयी हुनुभयो । उहाँले ३४५ मत पाउँनुभयो । यस्तै, सचिवमा कृष्णगोपाल तामाङ निर्वाचित भएको छ ।

खुला उपसचिवमा शिवहरि सापकोटा निर्वाचित हुनुभएको छ भने महिला उपसचिवमा सुशीला पाख्रिन विजयी हुनुभयो । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:14 am6:45 pm +0545