सहकारी ठगीमा रास्वपाका उपसभापति र सहमहामन्त्रीको नाम जोड्नु प्रचारबाजी मात्र : गृहमन्त्री

काठमाडौं, २० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गर्नुभएको छ ।
मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताउनुभएको हो ।
उहाँले सहकारी प्रकरणको संसदीय समिति बनाउन आवश्यक नरहेको बताउदा पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र भएको बताउनुभयो ।
मंगलबारको बैठकमा दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उहाँहरूमाथि छानबिन हुनुपर्ने माग गर्नुभएको थियो ।
कांग्रेसले संसदमा लगातार सहकारी प्रकरणको संसदीय छानबिनको माग गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने, #सहकारी ठगीमा रास्वपाका उपसभापति र सहमहामन्त्रीको नाम जोड्नु प्रचारबाजी मात्र
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्