प्रधानमन्त्रीले न्यायाधीशले जस्तो जवाफ दिन मिल्दैन : कांग्रेस
काठमाडौं, १८ चैत । प्रधानमन्त्रीले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नताबारेमा न्यायाधीशले जस्तो जवाफ दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्री लामिछानेको प्रकरणको विषयमा प्रधानमन्त्री न्यायाधिस बन्न खोजेको र सुरक्षा निकायका प्रमुखले समेत यो विषयलाई फासफुस ढंगले क्लीन चिट दिने प्रयास गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले हामीले जवाफ खोज्यौँ, न्यायाधीश जस्तो एकदमै हुकुम दिने राजा महाराजा जस्तो क्लीन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा निकायका प्रमुख उहाँले सम्म यो विषयलाई फासफुस ढंगले क्लीन चिट दिने प्रयास गर्नुभयो । यसले गर्दा हामीले उठाएको मुद्दाहरुमा गम्भीर प्रश्न जन्मिएको छ ।’
उहाँले गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढी बचत कर्ताको ८० करोड भन्दा बढी रकम जम्मा गरेको भन्दै पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताउनुभयो । कानुनी मात्र नभई नौतिकताको आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘गोर्खा मिडिया नेटवर्कको नाममा ९० हजार बढी बचत कर्ताको ८० करोड भन्दा बढी रकम बुटवलका, चितवनका, पोखराका सहकारीमा जम्मा भएका दर्जनौँ सहकारीको रकम गोर्खा मिडियामा जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा पनि छैन । अब त्यो विषयमा कस्ले जवाफ दिने हो ? पीडितले न्याय कसरी पाउने भन्ने गम्भीर प्रश्न छ । यो कानुनी मात्र होइन नौतिक कुरा पनि हो ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीले न्यायाधीशले जस्तो जवाफ दिन मिल्दैन : कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्