Techie IT
बिहीबार, वैशाख २५,२०८२

रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा


काठमाडौं, १५  चैत । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाउनुभएको हो ।

रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उहाँको आलोचना गर्नुभएको थियो । आफूले चलाउँदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ ।

२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लड्नुभएका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बन्नुभएको थियो ।

निर्वाचनमा उहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545