सिमानामा चौबिसै घण्टा सशस्त्रको गस्ती
काठमाडौँ, चैत १४ गते । भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सीमा पैदल गस्तीको सुरुवात मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सुरु गरेको जानकारी दिनुभयो । यो गस्ती सातै प्रदेश अन्तर्गतका प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, सीमा सुरक्षा बल (बिओपी) र बेससमेतको जनशक्ति समावेश गरी सीमाक्षेत्र तथा दसगजा इलाकामा बन्दोबस्तीसहित सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा तैनाथ गर्ने जनाइएको छ ।
छिन्नमस्ता बाहिनी मुख्यालय अन्तर्गतको नम्बर १३ गण पर्साले संवेदनशील क्षेत्र पहिचान गरी नागरिकको सुरक्षा र सीमा स्तम्भको संरक्षण सुरु गरिसकेको छ । तैनाथ पल्टनले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सीमावासी तथा भारतीय समकक्षीको उपस्थितिमा गस्ती सुरुवात गरेको हो ।
परिचालन गरिएको गस्तीलाई गण, बाहिनी तथा सशस्त्र प्रहरी मुख्यालय हलचोक काठमाडौँबाट प्रत्यक्ष रूपमा अनुगमन गरिने सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
गस्ती टोलीले दसगजा क्षेत्रको सुरक्षा, सीमाक्षेत्रबाट हुने अपराध नियन्त्रण तथा सीमा अतिक्रमणको प्रभावकारी अनुगमन गर्ने छ । यसै गरी चोरी तस्करी रोकथाम, राजस्व चुहावट नियन्त्रणसँगै गैरकानुनी गतिविधि नियन्त्रण गर्ने छ ।
गस्तीले सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा सहयोग पुग्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । गस्तीमा परिचालन भइसकेको पल्टनलाई कार्यक्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वस्तुगत जानकारी गराइसकेको सशस्त्र प्रहरी मुख्यालय हलचोकले जनाएको छ ।
त्यसै गरी परिचालन भएको पल्टनले प्रभावकारी सुरक्षा व्यवस्थापनसँगै सीमावासी नागरिकसँग अन्तव्रिर्mया गरी सम्बन्ध तथा सामिप्यता अभिवृद्धि गर्ने छ । एक जिल्लाबाट अर्कोमा क्रस गस्ती गर्ने र सीमा पैदल गस्तीले अर्को गस्तीसँग संयोजन गरी गस्तीलाई चक्रका रूपमा निरन्तरता दिने सशस्त्रले जनाएको छ । यो गस्तीले विपत् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत गर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिमानामा चौबिसै घण्टा सशस्त्रको गस्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्