मकालुमा भिरबाट लडेर एकजना भेडी गोठालोको मृत्यु
खांदबारी – सङ्खुवासभाको मकालु गाउँपालिका ५ सुक्साम्बा भीरबाट लडेर एक जना भेडी गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु ५ माङ्सिमा राई गाउँका ६२ वर्षीय हरिप्रसाद राई छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुका अनुसार आइतबार भेडा चराउन गएका राई फर्केर नआएपछि खोजी गर्दा सोमबार मकालु ५ स्थित जुकेपानी खोल्सामा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए । मृतक राई भेडी गोठमा काम गर्दै आएका थिए । घटनास्थल सदरमुकाम खाँदबारीदेखि एक दिनको पैदल दूरीमा पर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #भिरबाट लडेर मृत्यु, #मकालु, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्