Techie IT
बिहीबार, कात्तिक २७,२०८३

महालक्ष्मीका विद्यार्थीद्वारा अनाथालयलाई सहयोग


तारकेश्वर काठमाडौ । नगरपालिका ७, फुटुङ‌मा अवस्थित महालक्ष्मी इङ‌लिस हाई स्कुलका कक्षा दसमा अध्ययनरत विद्यार्थीहरुले अनाथालयलाई सहयोग हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसरमा केक काट्ने र चक्लेट बाँड्ने प्रथाको अन्त्य गरी त्यसमा खर्च हुने रकम नेपाल नामक अनाथालयलाई सहयोग हस्तान्तरण गरेका हुन । विद्यार्थीहरुद्धारा सङ्‌कलित रकम मा शिक्षक र विद्यालयको तर्फबाट पनि रकम जम्मा गरी अनाथहरुका लागी दैनिक उपभोग्य खाधान्न लगायत कापी कलम जस्ता विद्यार्थीका लागि उपयोगी सामग्री वितरण गरिएको हो । झन्डै सात हजार बराबरको दाल , चिउरा, चना, , चिनी आदि सामग्री प्रदान गरिएको छ ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष सनकमान महर्जन एवं सहायक प्रिन्सिपल विकास ङ्‌‌गोल, संयोजक प्रविण न्यौपाने, एकीकृत समृद्धि नेपालका अध्यक्ष भीमकुमार रोका तथा संस्थाको कोषाध्यक्ष जुनु पुनको उपस्थिति रहेको थियो । कार्यक्रममा सबैले सामाजिक कार्यमा हातेमालो गरी अघि बढ्न सके कसैले अनाथ र असहायको अनुभूति गर्नु नपर्ने संस्थापक अध्यक्ष सनकमान महर्जनले बताउनु भयो। एकीकृत समृद्ध नेपालमा अनाथ, असहाय जम्मा ३५ जना बालबालिकाहरु संरक्षित छन्।


क्याटेगोरी : समाचार
ट्याग : #महालक्ष्मीका विद्यार्थीद्वारा अनाथालयलाई सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्