गृह सचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै
काठमाडौं, १२ चैत । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसम्बद्व बिषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउने भएको छ ।
गृहसँगसम्बद्व केही बिषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अुनसन्धान व्यूरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ ।
राज्य व्यवस्था समितिका सदस्य रहिसक्नुभएका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ । गृहमा उहाँकै विरूद्वमा कारबाहीको माग गर्दै केही निवेदनहरु परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ ।
संवैधानिक परिषद ऐनमै संशोधन गर्ने भनेर छलफलकै चरणमा रहेको विधेयक सत्ता समीकरण फेरबदल भएपछि अड्किएको छ भने दलहरुको अडान अब के हुने भन्ने पनि अस्पष्ट रहेको बुझिएको छ ।
समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ । गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुवीर महासेठ उपप्रधानमन्त्री हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गृह सचिव, #प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्