आगामी तीन दिनसम्म पानी पर्ने सम्भावना : मौसमविद

काठमाडौं लगायत देशका विभिन्न भूभागमा अहिले वर्षा भइरहेको छ।
काठमाडौंमा मध्यराति पौने १२ बजेदेखि सुरू भएको वर्षा केहीबेर रोकिएर बिहानीपख पुनः सुरू भएको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्।
उनका अनुसार काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, पाँचथर, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा र स्याङ्जाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
पछिल्लो १२ घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा मापन भएको छ। साथै पश्चिमी भूभागहरूमा पनि वर्षा भएको मौसमविद झाले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार पछिल्लो १२ घन्टामा गोरखाको बिरेनचोकमा ८८.८ मिलिमिटर वर्षा मापन भएको छ भने लमजुङको कुन्छामा ४६.४ मिलिमिटर वर्षा भएको छ।
झापाको चन्द्रगढीमा १८.४, पाँचथरको फिदिममा २१.२, मोरङको लेटाङमा ८.६ मिलिमिटर, सुनसरीको धरानमा २९.२ मिलिमिटर, चतारामा २५. ८ मिलिमिटर, ताप्लेजुङमा ७.८ मिलिमिटर, सिन्धुलीमा ७.६ मिलिमिटर, दोलखामा ६.६ मिलिमिटर, मकवानपुरको चिसापानीगढीमा ३२.६ मिलिमिटर, धादिङको गजुरीमा २०.४ मिलिमिटर, काठमाडौंको कीर्तीपुरमा १० मिलिमिटर, गोरखाको आरूघाटमा १९.६ मिलिमिटर, तनहुँको बन्दीपुर २४ मिलिमिटर,कालीकोटको मान्ममा ८.६ मिलिमिटर, विजयपुरमा २१.४ मिलिमिटर, जुम्लामा १० मिलिमिटर, मुगुको ताल्चामा १६.५ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमविद झाका अनुसार आगामी तीन दिनसम्म कोशी बागमती र गण्डकी प्रदेशमा राम्रै पानी पर्ने सम्भावना छ
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पानी पर्ने सम्भावना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्