सङ्खुवासभाको मादीमा आज देखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु हुदै
प्रतियाेगितामा स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरुकाे सहभागितामा पनि रहने
खाँदबारी । सङ्खुवासभाकाे मादी नगरपालिकाकाे आयाेजनामा तेश्राे राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियाेगिता आजबाट सञ्चालन हुने भएकाे छ । मादी नगरपालिकाकाे कभर्ड हलमा आज चैत्र ९ बाट ११ गतेसम्म प्रतियाेगिता सञ्चालन हुने भएकाे हाे ।
यस पटक ३ विधामा प्रतियाेगिता सञ्चालन हुन लागेकाे हाे । मेन्स डबल, वमेन्स डबल र मेन्स डबल भेटेरेन्स गरि ३ विधामा खेल सञ्चालन हुन लागेकाे हाे । यस पटककाे प्रतियाेगितामा स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरुकाे सहभागितामा पनि रहने खेल संयाेजक लक्षमण लिङ्थेपले जानकारी दिनुभयाे । सहभागि टिमहरु बुधबार दिउँसाे भित्रमा यकिन हुने र साँझसम्ममा खेल तालिका सार्वजनिक हुने लिङ्थेपले जानकारी दिनुभयाे ।
याे प्रतियाेगिता सङ्खुवासभा जिल्लाकै ठुलाे आयाेजना मध्येकाे एक हाे । मेन्स डबल प्रतियाेगिताकाे विजेताले एक लाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ६२ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाईनलमा प्रवेश गर्ने बाँकी २ टिमलाई पनि प्रति टिम १९ हजार रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
वमेन डबल तर्फकाे विजेताले नगद ५६ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३७ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस विधाकाे पनि सेमिफाईनल प्रवेश गर्ने बाँकी दुवै टिमलाई प्रति टिम १२ हजार पाँच सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
मेन्स डबल भेटेरान्स तर्फकाे विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ३१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस विधामा पनि सेमिफाईनल खेल्ने बाँकी दुवै टिमले प्रति टिम नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे प्रतियाेगिता सञ्चालन समितिका सदस्य खगेन्द्र कार्कीले जानकारी दिनुभयाे । प्रतियाेगिताकाे लागि सवै अफिसियलहरु आईसकेकाे र खेलाडीहरु पनि आउने क्रम जारी रहेकाे उहाँले जानकारी दिनुभयाे ।
मादी नगरपालिकाले विगत ३ बर्षदेखि “पृथक पहिचान: मादी नगरपालिकाकाे सान” भन्ने नारा सहित ब्याटमिन्टन प्रतियाेगिताकाे आयाेजना गर्दै आएकाे छ । अन्य स्थानीय तहहरुले फुटबल, भलिबल जस्ता खेलहरुलाई बढी प्राथमिकता दिईरहँदा मादीले भने ब्याटमिन्टनलाई थप प्राथमिकता दिएकाे मादी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितमान जिमीले जानकारी दिनुभयाे । अन्य खेलकुदलाई पनि समेट्दै ब्याटमिन्टन खेललाई राष्ट्रिय प्रतियाेगिताकाे रुपमा आयाेजना गरिदै आएकाे प्रमुख प्रसासकिय अधिकृत जिमीले जानकारी दिनुभयाे ।
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : ## सङ्खुवासभा, #तेश्राे राष्ट्रिय खुल्ला ब्याटमिन्टन प्रतियाेगिता, #मादी नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्