संखुवासभामा भ्रष्टाचारका उजुरी बढ्यो
साउन महिनायता ८६ वटा भ्रस्टाचारका उजुरी
खाँदबारी- संखुवासभामा भ्रष्टाचारका ८६ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी खाँदबारीमा बुधबार गरिएको कार्यक्रममा अख्तियारले संखुवासभामा पनि भ्रष्टाचारका उजुरी बढेको बताएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार साउनयता संखुवासभामा ८६ वटा उजुरी परेका हुन् । सरकारी कार्यालय र स्थानीय तहका ८६ वटा उजुरी परेको हो ।
पछिल्लो समय सरकारी कार्यालयमा भ्रष्टाचार बढेको भन्दै सरोकारवाला निकायलले चासो व्यक्त गरेका छन् । उनीहरुले राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता तथा खबरदारीयुक्त जनदबाबबिना भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारणा राखे ।
स्थानीय तहले प्रभावकारी ढंगले काम नगर्दा भ्रष्टाचार बढेको आयोगका आयुक्त हरि पौडेलले बताए । पौडेलले स्थानीय तहको नियम र परिधीभित्र रहेर काम गरेमात्र सुशासन ल्याउन सकिने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #भ्रष्टाचारका उजुरी, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्