माओवादी नेताहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै रामकुमार शर्माले छाडे पार्टी
काठमाडौं, ८ चैत । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छोडेको घोषणा गर्नुभएको छ ।
संविधान सभा सदस्यसमेत रहनुभएका शर्माले बिहीबार पार्टी परित्याग गरेको घोषणा सामाजिक सञ्जालबाट गर्नुभएको हो ।
पहिले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भैरहेको काममा आकाश पतालको फरक पाएको गुनासो गर्दै माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएकोले पार्टी त्यागेको उहाँले बताउनुभएको छ ।
‘महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको जनयुद्धलाई नै कलंकित गर्ने काम भैरहेको महशुस गरेको छु ।’ शर्माले फेसबुकमार्फत भन्नुभएको छ ।
साथै द्वन्द्वकालमा माओवादीले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटैगुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको निष्कर्ष शर्माले निकाल्नुभएको छ ।
१७ हजार नागरिकको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम शीर्ष नेताबाट भएको, प्रधानमन्त्रीको भाषणमा सुशासन भएपनि उहाँले नेतृत्व गरेको पार्टीका नेताहरु भ्रष्टाचारको काण्डै काण्डमा मुछिएको भन्दै शर्माले पार्टी त्योगेका जनाउनुभएको छ ।
उहाँले जनादेश विपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि माओवादीले पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरतातिर धकेलेर देशलाई विदेशीको क्रिडास्थल बनाएको आरोप पनि लगाउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माओवादी नेताहरु भ्रष्टाचारमा लिप्त भएको भन्दै रामकुमार शर्माले छाडे पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्