बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीको बयान सुरू
काठमाडौं, ८ चैत । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग बयान लिन सुरु गरेको छ ।
आज बिहान बयान दिन चौधरी आफै सीआईबी कार्यालयमा पुग्नुभएको छ । त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उहाँसँग बयान लिन सुरू गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ । उहाँसँग बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिनुभएको थियो ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।
यसअघि चौधरीका भाइसमेत रहनुभएका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । तर, उहाँ अदालतको आदेशबाट रिहा हुनुभइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीको बयान सुरू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्