समय अगाभै निर्माण सम्पन्न गर्ने निर्माण ब्यवसायी शेर्पा सम्मानित
संखुवासभा । समयमा काम नसक्ने र निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण ब्याबसायीहरुको समाचार आइरहेको समयमा संम्झौता अवधी भन्दा अगावै काम सम्पन्न गर्ने निर्माण ब्याबसायी सम्मानित भएका छन् ।
सोमबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाको प्रशासनिक भवन निर्माण सम्झौता अवधी भन्दा ५ महिना २८ दिन अगाडि नै सम्पन्न गरी हस्तान्तरण गरेको भन्र्दै कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले भवन उद्घाटन कार्यक्रमको अवसरमा सम्मानित गरेका हुन् ।
संखुवासभाका निर्माण ब्याबसायी अरुणबरुण निर्माण सेवाका प्रबन्ध निर्देशक तथा हाल निर्माण ब्याबसायी संघको केन्द्रीय सदस्य समेत रहेको शेर्पाले संम्झौता अवधीभन्दा ५ महिना २८ दिन अगाडि नै सम्पन्न गरी हस्तान्तरण गरेका हुन् । २०७९ वैशाख १६ मा संम्झौता भई २०८१ वैशाख १६ मा सम्पन्न हुनुपर्ने हो । दुई बर्षको संम्झौता भएपनि शेर्पाले २०८० असोज १८ गते निर्माण पूरा गरि कायालय भवन हस्तान्तरण गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले बताए ।
उनको अनुसार, लागत अनुमान ३ करोड ९९ लाखमा ठेक्का आह्वान गरियो भवन निर्माणको जिम्मा पाएको अरुण बरुण निर्माण सेवा कम्पनीले २ करोड ९५ लाखमा नै काम गर्ने गरी सम्झौता गरेको थियो। समय अगावै निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीले सम्झौता भन्दा बढी २३ लाख रुपैयाँ बोनस प्राप्त गरेको छ । शेर्पाले यसअघि पनि विभिन्न योजनाहरुको निर्माण अवधी भन्दा अगाडी नै काम सम्पन्न गरेर बोनस प्राप्त गरिसकेका छन् ।
यस आर्थिक वर्षमा मात्रै दर्जन बढी योजनाहरूको काम म्याद अगावै सम्पन्न गरेको अरूणबरुण निर्माण सेवा कम्पनी कम्पनीका प्रबन्ध निर्देशक शेर्पाले बताए । उनले सरकारी कार्यालयले समयमा भुक्तानी गर्ने हो भने अधिकांश योजना समयअघि नै सम्पन्न गर्न सकिने बताउर्दै स्रोत सुनिश्चितता नभई निर्माण प्रक्रिया गर्ने अनि समयमा निर्माण ब्याबसायीलाई भुक्तानी दिन नसक्ने र लथालिङ्ग बनाएको काम सम्पन्न नगरेको जस्ता दोष सबै निर्माण ब्याबसायीले खेप्नु परेको गुनासो गरे ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #निर्माण ब्यवसायी, #मिगुर शेर्पा, #संखुवासभा, #संखुवासभा एक्सप्रेस, #सम्मान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्