नेपाली सेनाको केवल जंग गुल्म द्धारा स्टेसनरी र खेलकुद सामाग्री वितरण
संखुवासभा – नेपाली सेनाको केवल जंग गुल्म हेदाङ्नागढीले संखुवासभाको सिलिचोङ गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम तथा विद्यालयलाई खेलकुद तथा स्टेसनरी सामाग्री वितरण गरेको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको केवल जंग गुल्मले जिल्लाको सिलिचोङमा जनचेतनामुलक कार्यक्रम तथा विद्यालयलाई खेलकुद तथा स्टेसनरी सामाग्री वितरण गरेको हो ।
केवल जंग गुल्मले आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको केवल जंग गुल्मका मेजर बिमल अधिकारीले जानकारी दिए । उनको अनुसार प्रकृति संरक्षणको महत्व तथा संरक्षण कार्यमा नेपाली सेनाको भुमिका र आगलागी नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको हो । नेपाली सेनाको जनहित कार्य अन्तरर्गत जनचेतनामुलक कार्यक्रम गरिएको मेजर अधिकारीले बताए ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको सगरमाथा माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम तथा बाल कक्षादेखी कक्षा ४ सम्म अध्ययनरत विद्यार्थीहरु ७५ जनालाई स्कुल ब्याग (झोला ) वितरण गरिएको सह–सेनानी निश्चल पराजुलीले बताए । त्यस्तैगरी सोही विद्यालयमा खेलकुद सामाग्रीहरु समेत वितरण गरिएको सह–सेनानी पराजुलीले बताए । वार्षिक कार्यक्रम अन्तरर्गत जनचेतनामुलक कार्यक्रम तथा विद्यालयलाई खेलकुद तथा स्टेसनरी सामाग्री हस्तान्तरण गरेको केवल जंग गुल्म हेदाङ्नागढीले जनाएको छ ।
कार्यक्रममा सिलिचोङ गाउँपालिका शिक्षा शाखा प्रमुख, विद्यालय व्यबस्थापन समिति, बरुण राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #नेपाली सेना, #संखुवासभा, #सहयोग, #सिलिचोंग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्