ओलीसँग ६० प्रतिशत कुरा मिलिसक्यो :माधव नेपाल
काठमाडौं । जहरसिंहपौवाको वनभोजमा माधव नेपालले महिला कार्यकर्तासँग यो प्रसंग सुनाउँदै गर्दा छेवैमा झलनाथ खनाल उनीतिर टुलुटुलु हेर्न थाले ।
प्रसंग ८ मार्चको अवसरमा शुक्रबार नेकपा एकीकृत समाजवादी समर्थित अनेमसंघको वनभोज थियो । सम्मानित नेता खनाल जहरसिंहपौवा पुग्दा पार्टी अध्यक्ष नेपाल परिवर्तित घटनाक्रमबारे बताइरहेका थिए ।
पालले ओलीसँग मिलेका ६० प्रतिशत विषय के हुन् भन्नेबारे व्याख्या गरेनन् । बरु वीरगञ्जमा स्ववियु चुनाव जितेको, जेल परेको लगायत इतिहासको चर्चा गरे । एमाले–एकीकृत समाजवादीका नेतामात्रै होइन, अरु दलहरुमा पनि को पहिले जन्मेको, को पहिले पार्टी सदस्य भएको, जेल परेको वा केन्द्रीय समितिमा आएको भन्ने वादविवाद चलिरहन्छ । विगतमा नेपाल, खनाल, ओली, सीपी मैनाली आदि नेताहरुका बीचमा पनि यस्तो खालको छलफल चल्ने गर्थ्यो ।
‘उहाँले यस्तै यस्तै कुरा सुनाएर डेढ घण्टा बोल्नुभयो,’ खनालले मंगलबार साँझ अनलाइनखबरसँग भने, ‘तर त्यति लामो समय लिएर बोल्दा पनि उहाँले ओलीसँग हाम्रा मतभेद व्यक्तिगत हुन् कि राजनीतिक हुन् भन्नेमा प्रष्ट गर्न सक्नुभएन, माधवजीको भनाइले पार्टीका साथीहरुमा अलमल सिर्जना भएको पाएँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्