ओलीसँग ६० प्रतिशत कुरा मिलिसक्यो :माधव नेपाल
काठमाडौं । जहरसिंहपौवाको वनभोजमा माधव नेपालले महिला कार्यकर्तासँग यो प्रसंग सुनाउँदै गर्दा छेवैमा झलनाथ खनाल उनीतिर टुलुटुलु हेर्न थाले ।
प्रसंग ८ मार्चको अवसरमा शुक्रबार नेकपा एकीकृत समाजवादी समर्थित अनेमसंघको वनभोज थियो । सम्मानित नेता खनाल जहरसिंहपौवा पुग्दा पार्टी अध्यक्ष नेपाल परिवर्तित घटनाक्रमबारे बताइरहेका थिए ।
पालले ओलीसँग मिलेका ६० प्रतिशत विषय के हुन् भन्नेबारे व्याख्या गरेनन् । बरु वीरगञ्जमा स्ववियु चुनाव जितेको, जेल परेको लगायत इतिहासको चर्चा गरे । एमाले–एकीकृत समाजवादीका नेतामात्रै होइन, अरु दलहरुमा पनि को पहिले जन्मेको, को पहिले पार्टी सदस्य भएको, जेल परेको वा केन्द्रीय समितिमा आएको भन्ने वादविवाद चलिरहन्छ । विगतमा नेपाल, खनाल, ओली, सीपी मैनाली आदि नेताहरुका बीचमा पनि यस्तो खालको छलफल चल्ने गर्थ्यो ।
‘उहाँले यस्तै यस्तै कुरा सुनाएर डेढ घण्टा बोल्नुभयो,’ खनालले मंगलबार साँझ अनलाइनखबरसँग भने, ‘तर त्यति लामो समय लिएर बोल्दा पनि उहाँले ओलीसँग हाम्रा मतभेद व्यक्तिगत हुन् कि राजनीतिक हुन् भन्नेमा प्रष्ट गर्न सक्नुभएन, माधवजीको भनाइले पार्टीका साथीहरुमा अलमल सिर्जना भएको पाएँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधव नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्