पोखरामा आज आधा दिन बिदा
लेखनाथ, फागुन २७ गते । पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो । दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगर कार्यपालिकाको कार्यालय, महाशाखा, शाखा र वडा कार्यालयहरू आधा दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । तत्कालीन पोखरा उपमहानगरमा लेखनाथ नगरपालिका र आसपासका अरू गाविसहरू गाभेर आजकै दिन पोखरा महानगर स्थापना भएको थियो ।
स्थापना दिवसको अवसरमा महानगरले आफ्नै कार्यालय परिसरमा बिहान रक्तदान आयोजना गरेको छ । त्यस लगत्तै पोखरा–१९, खुइतेखोलामा पुल शिलान्यास गरिँदै छ । मूल समारोह भने दिउँसो २ बजेबाट हुँदै छ ।
आजै पृथ्वी चोकमा महानगरले बनाउन लागेको ‘पोखरा भवन’ पनि शिलान्यास गरिँदै छ । १० करोड लागतमा पोखराको पहिचान दिने खालको पोखरा भवन बनाउने महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो । “महानगरको पहिचान दिने खालको पोखरा भवन बनाउँदै छौँ । तीन तले भवनमा सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर लगायत हुने छन्,” उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पोखरामा आज आधा दिन बिदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्