Techie IT
बिहीबार, कात्तिक २७,२०८३

तालाबन्दीको निकास खोज्न राप्तीमा सर्वदलिय बैठक


तालाबन्दीको निकास खोज्न राप्तीमा सर्वदलिय बैठक

राप्ती । नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा लगाइएको तालाबन्दीको बिषयमा राप्तीमा सर्वदलीय छलफल भएको छ । नगर उपप्रमुख देबेन्द्र लामाको आह्वानमा नगरपालिकाको सभाहलमा छलफल भएको हो ।

कार्यपालिका बैठक र हिउँदे नगरसभा पटकपटक माग गरिएपनी नगर प्रमुखले बेवास्ता गरेको भन्दै बहुमत जनप्रतिनिधिले फाल्गुन ९ गते तालावन्दि गरेका थिए । जनप्रतिनिधिहरुले नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेको कार्यकक्षमा तालावन्दि गरेका थिए । स्थानीय सरकार संचालन एन २०७४ अनुसार हरेक महिना कम्तीमा एक पटक बस्नुपर्ने कार्यपालिका बैठक ८ महिनामा एक पटक मात्रै बस्न सकेको र मौखिक रुपमा पटकपटक
बैठक माग गरिएपनी नगर प्रमुख शमशेर लामाद्वारा बेवास्ता गरिएको उनीहरुको आरोप थियो । सोही क्रममा ७० जना नगरसभा सदस्यहरु मध्ये ६२ जना नगरसभा सदस्यहरुले लिखित रुपमा पन्ध्र दिन भित्र कार्यपालिका बैठक र हिउँदे नगरसभा बोलाउन अनुरोध गर्दै पत्र बुझाएका थिए । उक्त समयसीमा भित्र पनि बैठक नबोलाइएपछि सात दिन भित्र बैठक बोलाउन अल्टिमेटम सहितको अर्को पत्र दिइएको जनप्रतिनिधिहरुले सर्वदलीय बैठकमा बताएका छ्न । उक्त पत्रलाई पनि नगर प्रमुखले बेवास्ता गरे पश्चात् आफुहरु बाध्य भएर तालाबन्दी गर्नु परेको उनिहरुको भनाइ छ ।

यता नगर उपप्रमुख देवेन्द्र लामाले आफुले समस्याको समाधान चाहेको बताएका छन । जनप्रतिनिधिहरुको जायज मागलाई सम्बोधन गर्दै तालाबन्दी खुलाउन पहल गर्नुपर्नेमा नगर प्रमुखको तर्फबाट त्यस्तो हुन नसकेको उनको भनाइ छ । नगरप्रमुखलाई लिखित रुपमा तालावन्दिको निकास खोज्न आग्रह गरेपनी सुनुवाइ नभएको भन्दै सर्वदलिय बैठक बोलाउन बाध्य भएको उनले बताए । साथै सहजीकरणको लागि नगरमा क्रियासिल राजनैतिक दलहरुलाइ आग्रह पनि गरे ।

बैठकमा सहभागी दलका प्रतिनिधिहरुले तालाबन्दी अघिको अवस्था र नगर प्रमुखको रबैयाको बिषयमा आफुहरुलाइ जानकारी नगराएको भन्दै जनप्रतिनिधि समक्ष आक्रोश व्यक्त गरे । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरुको रबैयाले पालिका बन्धक बनेको उनीहरुको आरोप थियो । नगरपालिकाको कार्यसम्पादन सहि तरिकाले हुन नसक्दा बित्तीय सुशासनमा कमजोर देखिएको र संघले प्रदान गर्ने बित्तीय सम्मानिकरणको बजेट ४५ प्रतिशत घटेको बताए ।

बैठकमा नेपाली काग्रेसका तर्फ वाट किरणभुषण ओली, गणेश मल्ल, रामेश्वरसिं ओली र ओम डल्लाकोटी, नेकपा एमालेको तर्फ वाट केन्द्रिय सदस्य तथा राप्तीकी निवर्तमान प्रमुख प्रभा बराल, पुर्व उपप्रमुख इमानसिं लामा, नेकपा एमालेका नगर अध्यक्ष पुर्ण बहादुर थापा, माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र पाठक , रा स्व पा नगर सभापति तिलक कार्कि , हरिहर कोइराला, पुनम गुरुङ, प्रदिप श्रेष्ठ र राप्रपा नगर अध्यक्ष गोपाल पाण्डे र शिवराज धरेलको सहभागीता रहेको थिए ।

यता नगर प्रमुख सम्बद्ध दल नेकपा एकिकृत समाजवादी पार्टीले भने उक्त छलफलमा आफ्नो प्रतिनिधि पठाएन । बैठकले तत्कालै नगर प्रमु्खसंग ताला खोल्ने बिषयमा छलफल गर्ने गरी सबै पार्टीको प्रतिनिधित्वमा सहजीकरण समिति बनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्