Techie IT
बिहीबार, कात्तिक २७,२०८३

महालक्ष्मी ईङ्गलिस बोडीङ्ग स्कुलका पूर्व विद्यार्थी सम्मानित


तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ्गमा अवस्थीत महालक्ष्मी ईङ्गलिस बोडीङ्ग स्कुलले पूर्व विद्यार्थीहरूलार्ई सम्मान गरेको छ । स्कुललको ३१ औं बार्षीक उत्सव एवं १२ औं अभिभावक दिवसका अवसरमा सम्मान गरिएको स्कुलका अध्यक्ष सनकमान मर्हजनले बताउनुभयो ।
अध्यक्ष मर्हजनका अनुसार सम्मान हुनेमा चार्टर एकाउन्टेण्ट कुसुम मर्हजन , डा.सुमन मानन्धर , डा.सुमन अधिकारी , डा सील्पा मर्हजन , ईन्जिनियर रामलाल मर्हजन , ईन्जिनियर संजिव मर्हजन र लेक्चरल रबिना रम्तेल रहेका छन ।

सोही अवसरमा सम्मानित विद्यार्थीहरूले आफ्नो अनुभव सुनाउदै स्कुलले प्रधान गर्दे आएको संकार सहितको गुणस्तरीय शिक्षाको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेमकीपाका केन्द्रिय सदस्य सरोजराज गोसाइको उपस्थीती रहेको थियो भने अतिथिहरुमा विद्यालय ब्यवस्थापन समितिका सदस्य भक्तीनारायण महर्जन , मनमैजु मा.बीकी प्राचार्य रविना मर्हजन , समाजसेवी अमिरमान मास्के , बालसाहित्यकार छाँयादत्त न्यौपाने लयातक बिभिन्न विद्यालयका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं अतिथिहरुले महालक्ष्मी ईङ्गलिस बोडीङ्ग स्कुल र यसका संस्थापक अध्यक्ष सनकमान मर्हजनले समग्र उत्तर भेगमा शैक्षीक गुणस्तमा पुराउनुभएको योगदान बारे चर्चा गर्नुभएको थियो ।

बिभिन्न कक्षाका विद्यार्थीहरू र शिक्षिकाहरुद्धारा प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रमले रौनकता बढाएको थियो ।
कार्यक्रमको संचालन विद्यालयका सहायक प्रिन्सिपल बिकाश डंगोलले गर्नुभएको थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #महालक्ष्मी ईङ्गलिस बोडीङ्ग स्कुलका पूर्व विद्यार्थी सम्मानित


तपाईको कमेन्ट लेख्नुहोस्