नयाँ गठबन्धनले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन सक्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले आफूलाई प्रयोग गर्न खोजे गठबन्धनबाट निस्किन सक्ने बताउनुभएको छ ।
कांग्रेससँग सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएका उहाँ नयाँ गठबन्धनप्रति सतर्क देखिनुभएको छ । राजधानीमा सोमबार आयोजित ‘शान्तिप्रक्रिया,संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले आफू मुलुकका श्रमिक जनता, सहिद र राष्ट्रप्रति इमान्दार रहेको दाबी गर्नुभयो । आफ्नो इमान्दारितालाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला गठबन्धन छाड्ने उहाँले चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीहरुले अविश्वसनीय, के हुन्छ भनेर भन्न नै नसक्ने भनेर भन्छन् । तर, म त्यस्तो होइन । म नेपालका श्रमिक जनता, महान सहिदप्रति र नेपाल राष्ट्रप्रति अनुमानित गर्न सक्ने नै छु । उनीहरुप्रति इमान्दार हुने कुरामा निरन्तर कायम छु । तर प्रतिक्रियावादीले मलाई उपयोग गर्न खाजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु । त्यसकारण उनीहरुको लागि म विश्वसनीय छैन, हुनेपनि छैन । आजको दिन हरेक दृष्टिकोणले नयाँ क्रम भंगको दिन बन्न गएको छ ।’
समुचित र वैज्ञानिक परराष्ट्रनीति अवलम्बन गर्न नसके नेपालकुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्ने भन्दै उहाँले सबै गम्भीर हुन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा जुन खालका प्रयासहरु छन्, प्रतिगमनकारी भन्छौँ हामी प्रतिक्रियावादी, अवसरवादी, विदेशी प्रभुत्ववादी, जे भने पनि ती सबैको दबाब सबैतिर भएको छ । नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ, हामीले समुचित र वैज्ञानिक परराष्ट्रनीति अबलम्बन गर्न सकेनौ र नेपाली जनतासँग एकाकार गर्न सकेनौँ भने नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्छ । त्यसकारण हामी सबै गम्भीर हुन आवश्यक छ ।’
कम्युनिष्टका आदर्शहरुका कुराले मात्रै सधैं नचल्ने भएकाले देश, काल परिस्थितिअनुसार इमानदार प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्