नयाँ गठबन्धनले उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन सक्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले आफूलाई प्रयोग गर्न खोजे गठबन्धनबाट निस्किन सक्ने बताउनुभएको छ ।
कांग्रेससँग सहकार्य तोडेर नयाँ सत्ता समीकरण बनाएका उहाँ नयाँ गठबन्धनप्रति सतर्क देखिनुभएको छ । राजधानीमा सोमबार आयोजित ‘शान्तिप्रक्रिया,संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले आफू मुलुकका श्रमिक जनता, सहिद र राष्ट्रप्रति इमान्दार रहेको दाबी गर्नुभयो । आफ्नो इमान्दारितालाई प्रतिक्रियावादीले उपयोग गर्न खोजे कुनै पनि बेला गठबन्धन छाड्ने उहाँले चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीहरुले अविश्वसनीय, के हुन्छ भनेर भन्न नै नसक्ने भनेर भन्छन् । तर, म त्यस्तो होइन । म नेपालका श्रमिक जनता, महान सहिदप्रति र नेपाल राष्ट्रप्रति अनुमानित गर्न सक्ने नै छु । उनीहरुप्रति इमान्दार हुने कुरामा निरन्तर कायम छु । तर प्रतिक्रियावादीले मलाई उपयोग गर्न खाजे भने म कुनै पनि बेला लात्ताले हानेर निक्लिन सक्छु । त्यसकारण उनीहरुको लागि म विश्वसनीय छैन, हुनेपनि छैन । आजको दिन हरेक दृष्टिकोणले नयाँ क्रम भंगको दिन बन्न गएको छ ।’
समुचित र वैज्ञानिक परराष्ट्रनीति अवलम्बन गर्न नसके नेपालकुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्ने भन्दै उहाँले सबै गम्भीर हुन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा जुन खालका प्रयासहरु छन्, प्रतिगमनकारी भन्छौँ हामी प्रतिक्रियावादी, अवसरवादी, विदेशी प्रभुत्ववादी, जे भने पनि ती सबैको दबाब सबैतिर भएको छ । नेपाल जस्तो भूराजनीतिक अवस्थामा छ, हामीले समुचित र वैज्ञानिक परराष्ट्रनीति अबलम्बन गर्न सकेनौ र नेपाली जनतासँग एकाकार गर्न सकेनौँ भने नेपाल कुनै पनि समय अप्ठ्यारो अवस्थामा जान सक्छ । त्यसकारण हामी सबै गम्भीर हुन आवश्यक छ ।’
कम्युनिष्टका आदर्शहरुका कुराले मात्रै सधैं नचल्ने भएकाले देश, काल परिस्थितिअनुसार इमानदार प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्