सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान
काठमाडौं, १८ फागुन । सशस्त्र प्रहरी बलले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका प्राविधिक पदहरूमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रले दरखास्त आह्वान गरेको हो ।
प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपुर्ति गर्न दरखास्त आह्वान गरिएको छ । जसअनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जनाका लागि दरखास्त आह्पान भएको छ ।
सशस्त्रले योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #सशस्त्र प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्