Techie IT
बिहीबार, कात्तिक २७,२०८३

फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन अमरेशकुमारको बालेन्द्र साहलाई चेतावनी


काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका प्रमुख  दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताएका हुन् । उनले काठमाडौंले मधेसका मान्छेका कारणले फल र तरकारी खान पाइरहेको भएपनि मधेशका मान्छेहरुलाई अपमान गरिएको बताए ।

उनले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे । उनले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताए ।

उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमरेशकुमारको बालेन्द्र साहलाई चेतावनी


तपाईको कमेन्ट लेख्नुहोस्