माझी समुदायले आज लदी पर्व मनाउँदै

काठमाडौं, १५ फागुन । माझी समुदायको महान् पर्व लदी (कोशी पूजा) आज मंगलबार भव्य रुपमा मनाइँदै छ ।
खोलालाई भगवानको रुपमा सामूहिक पूजा गर्दै माझी समुदायले लदी पर्व मनाउँदै छन् । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार विशेष पर्वको रुपमा लिएर लदी पर्व मनाउने गरेका छन् । यस वर्षको लदी पर्व फागुनको तेस्रो साता मंगलबार आज परेको हो ।
माझी समुदायको मुख्य पेशा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहदैँ आएको छ । नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले वर्षेनी माझी समुदायले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् ।
माझी समुदायले आजको दिन खोलाको संगममा खोलालाई बोका, कुखुरा र परेवाको बली समेत दिने गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #माझी समुदायले आज लदी पर्व मनाउँदै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्