स्ट्रिप लाइटले छ लेन सडक झिलिमिली
धनगढी, फागुन १४ गते । कैलालीको धनगढीस्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिकाको कार्यालयले ३१ लाख रुपियाँ खर्चेर छ लेन सडकमा स्ट्रिट लाइट जडान गरेको हो । लाइटका कारण रात्रिकालीन समयमा छ लेन सडक अझ सुन्दर देखिएको छ ।
सडकको २६५ पोल र १४० त्रि गार्डमा स्ट्रिट लाइट जडान भएको उपप्रमुख कन्दकला रानाले बताउनुभयो । यसै गरी, त्रिनगर भन्सार गेटमा तीन लाख रुपियाँ लागतमा फ्लड लाइट पनि जडान गरिएको छ । त्यस्तै, धनगढी विमानस्थलदेखि छ लेन सडकसम्म १० लाख रुपियाँ लागतमा सडक बत्ती जडान गरिएको छ । १० लाख रुपियाँ लगानीमा सडक बत्ती जडान गरिएको उपप्रमुख रानाले जानकारी दिनुभयो ।
स्ट्रिट लाइट र सडक बत्तीको हिजो साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले धनगढीको विकासमा तीन तहकै सरकारको सहकार्यमा विकास निर्माण भइरहेको बताउनुभयो । प्रदेशको एक मात्र उपमहानगरपालिकालाई नमुना सहर बनाउन तीनै तहका सरकारले मिलेर काम गर्ने मन्त्री देउवाको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्ट्रिप लाइटले छ लेन सडक झिलिमिली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्