Techie IT
सोमबार, वैशाख २२,२०८२

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं, ९ फागनु । सुनचाँदीको भाउ बढेको छ ।

बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #सुनचाँदीको मूल्य बढ्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545