सितापाइला हत्याकाण्ड :बलात्कारपीडित थिइन् ईश्वरी, ९ दिनअघि मात्र छुटेका थिए आरोपी
सितापाइलास्थित श्रवणपुर चोकमा चारजना अपरिचित युवाहरुसँग २५ वर्षिय आकाशको जम्काभेट हुन्छ । विवाद हुन थालेपछि ती अपरिचितहरुले आकाशलाई खुकुरीले हानेर ढाल्छन् ।
नजिकै रहेको मनमोहन अस्पताल पुर्याउँदा उनको मृत्यु भैसकेको थियो ।
सो घटनामा संलग्न भएको आशंकामा महानगरीय प्रहरी वृत्त स्वयम्भूले नौ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्येबाट खुकुरी हान्नेहरु सागर तामाङ, नाम्चु क्षेत्री र सरोज श्रेष्ठ उर्फ बुलेट भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सितापाइलामा बुधबार बिहान भएको सामूहिक हत्याकान्डकी मृतक ईश्वरी श्रेष्ठ बलात्कारपीडित भएको खुलेको छ । उनलाई बलात्कार गर्ने आरोप लागेका व्यक्ति फागुन १ गतेमात्र धरौटीमा छुटेका थिए ।
बुधबार बिहान ३९ वर्षीय ईश्वरी, उनकी ८ वर्षीया छोरी अनिषा र २ वर्षीया नातिनी सिवानी हत्या गरिएको अवस्थामा भेटिएका थिए । ईश्वरीका श्रीमान् राजु घिमिरे भने नजिकैको नागार्जुन जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार घिमिरेले तीनजनाको हत्या गरेपछि ससुरालीमा फोन गर्दै आफूले हत्या गरेको र मर्न लागेको जानकारी दिएका थिए। त्यसपछि खोज्दै जानेक्रममा हत्या भएको स्थानभन्दा करिब ३ किलोमिटर दुरीमा रहेको जङ्गलको रुखमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए ।
ईश्वरीमाथि बलात्कार गरेको आरोप लागेका ५१ वर्षीय पुरुषलाई अदालतले ५ लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको बुझिएको छ ।
प्रहरीका अनुसार बलात्कार भएको भनिएको करिब २ महिनापछि प्रहरीमा जाहेरी परेको थियो। जाहेरीपछि स्वयम्भु प्रहरी वृत्तले आरोपीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #९ दिनअघि मात्र छुटेका थिए आरोपी, #बलात्कारपीडित थिइन् ईश्वरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्