Techie IT
बिहीबार, कात्तिक २७,२०८३

राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो


वीरगञ्ज, फागुन ९ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखिजारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यू) बुधबार राति १० बजेसम्मका लागि हटाएको छ ।

सोमबार साँझ ५ बजेदेखि जारी निषेधाज्ञा आदेश सर्वसाधारणको सुबिधालाई मध्यनगर गर्दै मंगलबार ४ घण्टा खोलेर पुनः लगाइएको थियो भने बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभइञ्जेलका लागि जारी निषेधाज्ञा बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

गएको विहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुईपक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुशका क्रममा सोमबार विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा आदेश जारी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #।राति १० बजेसम्मका लागि निषेधाज्ञा हट्यो


तपाईको कमेन्ट लेख्नुहोस्