Techie IT
बिहीबार, वैशाख २५,२०८२

स्वयम्भू घटना : आमा र २ छोरीको हत्या, श्रीमान झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौं, ९ फागुन । काठमाडौंको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन् ।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जंगलमा श्रीमान झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताउनुभयो ।

ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठको हत्या भएको थियो ।

हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताउनुभयो । ‘हत्यापछि श्रीमान् हरिसिद्धीस्थित जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन्,’ उहाँले भन्नुभयो ।

घिमिरे घर बनाउने काम गर्थे । हत्यापछि उनले ससुरालाई फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए ।

हत्याको कारण खुलिसकेको छैन । प्रहरीले शवको मुचुल्का उठाइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #श्रीमान झुन्डिएको अवस्थामा मृत फेला, #स्वयम्भू घटना : आमा र २ छोरीको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545