हिमपात हुँदा किसानहरु खुसी
हुम्ला, फागुन ८ गते । सोमबार रातीबाट जिल्लामा हिमपात सुरु भएपछि किसानहरुलाई राहत पुग्ने भएको छ । कात्तिक महिनामा छरेको जेठासी बाली ( जौ, गहुँ र उवा ) उम्रेर पनि सुक्न थालेको समयमा बाक्लो हिमपात भएपछि किसानहरु खुसी भएका छन् ।
सिमकोट गाउँपालिका– ५ की किसान नन्दकली रावतले ढिलो गरी परेको हिमपात किसानका लागि सुन बराबर मुल्यवान भएको बताउनुभयो । उहाँले जेठासी बाली कतै नउम्रेको त कतै उम्रेर पनि खडेरीले सुक्न थालेको बेला हिमपात भएपछि अब जेठासी बाली जोगिने बताउनुभयो । गत माघमा थोरै परेको हिउँले खासै फरक नपरेको बताउदै रावतले बाक्लो हिमपात भएका कारण किसानका लागि बरदान सावित भएको बताउनुभयो ।
खार्पुनाथ गाउँपालिका– ४ का किसान बबरजंग हमालले जेठासी बाली मात्र नभएर कात्तिके बाली छर्ने, खनजोत गर्ने समय सुरु हुन थालेको कारण पनि यो हिमपात किसानका लागि निकै उपयोगी भएको बताउनुभयो । उहाँले नयाँ बोट बिरुवा लगाउने समय सुरु भएको कारण खाल्डो खन्न सजिलो र बिरुवा लगाएपछि खाल्डोमा हिउँ भर्न पनि सहज भएको बताउनुभयो । हिमपात जारी रहेको कारण जमिन माथि एक फिट हिउँ जमि सकेको छ । चिसो पनि निकै बढेको छ । स्थानीयलाई पशुवस्तु गोठ बाहिर निकाल्न सकिने अवस्था रहेको छैन भने चिसोले बरफ जमेको कारण धारामा पानी आउन छोडेको छ । हिमपात जिल्लाभर भई रहेको भएपनि उत्तरी नाम्खा गाउँपालिका दुई फिट हिउँ जमेको खबर प्राप्त भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हिमपात हुँदा किसानहरु खुसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्