Techie IT
बिहीबार, वैशाख २५,२०८२

रवि लामिछाने र जिबी राईको विवरण पठाउन बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी


काठमाडौं, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा पर्नुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो।यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको हो। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।

चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको हो।

राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार हुनुहुन्छ । नेपाल प्रहरीले राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुनुहुन्थ्यो । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार हुनुहुन्थ्यो ।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने र जिबी राई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:16 am6:43 pm +0545