राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

काठमाडौं, माघ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउनुहुँदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गर्नुभयो । उहाँले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्