एक सातादेखि घट्दै सुनको मूल्य
काठमाडौँ, माघ २९ गते । स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस दुुई हजार २४ डलरमा कारोबार भएको छ । बजारमा सुनको मूल्य घटे पनि कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । माघ महिना लगनको सिजनमा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।
आर्थिक मन्दीको प्रभावसँगै उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । लगनको सिजन भए पनि न्युरोडका सुन पसलमा चहलपहल भने न्यून देखिन्छ ।
यसैबिच चाँदीको मूल्यमा समेत कमी आएको छ । गत साता प्रतितोला एक हजार ४१५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एक सातादेखि घट्दै सुनको मूल्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्