हास्य ब्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ शनिबार बाट प्रसारण हुने
हास्य ब्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ शनिबार ८: ३० मा एनटिभी प्लसबाट प्रसारण हुने काठमाण्डौं, श्रावण ३ – नेपाली हास्य ब्यंग्य श्रृंखला कुरा मात्र भो अब उप्रान्त एनटिभी प्लसबाट शनिबार राती ८:३० मा प्रसारण हुने भएको छ ।
कुरा मात्र भो यस अघि प्रत्येक शुक्रबार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारण हुँदै आएको थियो । शनिबार राती ८: ३० देखी कुरा मात्र भोको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच ०३ गते शुक्रवार नयाँ सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कुरा मात्र भो हालसम्म ११ भाग प्रसारण भई सकेको उनले बताए । जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलको निर्देशन अर्जुन गौतमले गरेका छन् ।
निर्देशक अर्जुन गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषयबस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो हास्य ब्यंग्य श्रृंखला युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए ।
साहित्यकार सनत आचार्यको लेखन रहेको उक्त हास्य ब्यंग्य श्रृंखलामा कलाकारहरु उत्तम अर्याल ‘कोदे’, लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भोको निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।
कुरा मात्र भोले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कुरा मात्र भो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्